सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापामा अवतरण

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापामा अवतरण

बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमानले झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमानले झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ।

National life

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो।

बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ।

विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटरमात्रै रहेकाले विमान डाइभर्ट गरिएको बताइएको छ।

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयको भनाइ छ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ।

प्रकाशित: Jan 20, 2023| 10:01 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।