सोमबार, वैशाख २१, २०८३

खैरो हेरोइनसहित काठमाडौंबाट एक पक्राउ

काठमाडौं प्रहरीले एक जनालाई खैरो हेराइनसहित पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

National life

काठमाडौं- काठमाडौं प्रहरीले एक जनालाई खैरो हेराइनसहित पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित दाङ बबई गाउँपालिका –४ घर भएका २६ वर्षीय सुमन बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

नेपालगञ्जदेखि काठमाडौं आउँदैगरेको बा.५ ख ४५ नम्बरको बसलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jan 20, 2023| 09:15 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।