शनिबार, साउन २, २०८३

स्विस नागरिकले भने- नेपालको अरू देशसँग तुलनै हुँदैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- ३८औं विश्व पर्यटन दिवसमा बिहीबार बिहानै इटहरीमा पर्यटनकर्मीहरूले र्याली निकाले। त्यसमा सहभागी थिए इटहरी, धरान र आसपासका विद्यार्थी, शिक्षक, होटेल व्यवसायी, पर्यटन अभियन्ता र व्यवसायीहरू। त्यही भीडमा थिए, स्विजरल्यान्डबाट आएका पर्यटनकर्मी क्रुज किवझ।

होटेल व्यवसायी संघ इटहरीले आयोजना गरेको र्यालीपछिको कोणसभामा बोल्दै क्रुजले भने, ‘नेपालको कसैसँग तुलना गर्नु हुँदैन।’ बेला-बेलामा स्विजरल्यान्डसँग नेपालको तुलना गरेकामा उनले विमति जनाए। र, भने, ‘नेपाल भनेको नेपाल नै हो। यसको तुलना अरूसँग गरेर राम्रो हुँदैन।’

नेपालमा धेरै खर्चालु युरोपेली पर्यटकहरू ल्याउन स्तरीय तारे होटेल र विश्वस्तरीय सत्कार हुनुपर्ने क्रुजले नेपाल समयसँग बताए।

७१ वर्षे क्रुज पर्यटन र होटेल व्यवसायमा लामो काम गरेर अहिले स्विस सरकारले गरिब देशमा विज्ञलाई पढ्न पठाउने कार्यक्रमअन्तर्गत् इटहरीमा छन्। उनी इटहरीको होटेल प्रिमियर स्कुलमा पर्यटन कोर्स पढाउँछन्।

भारत र चीनका पर्यटकलाई पहिलो तथा युरोप र अमेरिकी पर्यटकलाई दोस्रो प्राथमिकतामा राखेर नेपालले पर्यटकीय कार्यक्रमहरू ल्याउनुपर्ने क्रुजले बताए। उनले भने, ‘नेपालले युरोपेली पर्यटकहरू पहिलेबाटै ल्याइरहेको छ। तर, भारत र चीनजस्ता करोडौं जनसंख्या भएका मुलुकका पर्यटकहरू नेपालजस्तो सुन्दर देशमा आउनुपर्ने जति नआएको सुनेको छु।’

भारत र चीनका खर्चालु पर्यटक ल्याएमा नेपालमा धेरै अवसर सिर्जना हुने क्रुजले बताए। र्यालीको एक प्लेकार्डतर्फ देखाउँदै उनले भने, ‘एक अर्ब पर्यटक, एक अर्ब अवसर।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।