आइतबार, कात्तिक २, २०८२

थाइल्यान्डमा नेपाली खेलाडी सुस्मा र हेमाको जित

थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन्।

Kumaribank

महिला ४८ केजी तौल समूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा जितिन् भने ५७ केजी तौल समूहमा हेमा राईले सिंगापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन्।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन्। ५७ केजीमा नेपालका ईन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसँग ५–० अंकको आधारमा जित हासिल गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन्। उनले क्वाटरफाइनलमा मंगोलियनका गन्तुमार लुण्डासँग भिड्ने छन्।

नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी)  र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। उनीहरुले क्रमशः इन्डोनेसियाका मोसकिता माइकल र काजिकिस्तानका एरजन गुल्सायसँग खेल्नेछन्।

प्रकाशित: Jan 19, 2023| 17:56 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।