शुक्रबार, फागुन १, २०८२

जुडोमा सागकी पदकधारी मनिताको लिगामेन्टको शल्यक्रिया

नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारीसमेत रहेकी श्रेष्ठको बि.एण्ड बी. अस्पतालमा दाहिने खुट्टाको लिगामेन्टको शल्यक्रिया भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- साग पदकधारी जुडोकी मनिता श्रेष्ठको खुट्टाको शल्यक्रिया भएको छ। नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारीसमेत रहेकी श्रेष्ठको बि.एण्ड बी. अस्पतालमा दाहिने खुट्टाको लिगामेन्टको शल्यक्रिया भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।

गण्डकी प्रदेशको पोखरामा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदका दौरान खुट्टामा चोट लागेकोमा आईसिङ्ग गरेर ठिक भएको मानेर जापानमा आयोजना भएको विश्व च्याम्पियनसिपमा सहभागिता जनाइरहेको अवस्थामा पुन समस्या बल्झिएको थियो। श्रेष्ठले उक्त च्याम्पियनसिपमा एक बाउट खेल जितेको अध्यक्ष श्रेष्ठले जानकारी गराए।

डा. विवेक बासुकलाका अनुसार अब श्रेष्ठको ३५ दिनपछि प्लास्टर खोलिने र पूर्ण रुपमा खेलमा फर्कन पाँच महिना लाग्ने छ। उनी हाल २०२४ को ओलम्पिक तयारीका क्रममा ओलम्पिक सोलिडारिटी अन्तर्गत प्रशिक्षणमा रहेकी छिन्।

प्रकाशित: Jan 19, 2023| 16:24 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।