आइतबार, जेठ ३, २०८३

सभामुखमा कांग्रेस प्रत्यासीलाई जनमोर्चाको समर्थन

बिहीबार सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले जे–जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई मत हाल्ने उद्घोष गरेका हुन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

National life

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा कांग्रेसबाट अगाडि सारिएकी उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन्। बिहीबार सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले जे–जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई मत हाल्ने उद्घोष गरेका हुन्।

उनले कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोप्रति रोष प्रकट गरे। तर सभामुखमा मतदानका लागि अर्को विकल्प नभएकाले कांग्रेसकै उम्मेदवारलाई मत दिने निर्णयमा पार्टी पुगेको उनको भनाइ छ।

नयाँ सरकार गठनका बेला धेरै नाटक देखिएको बताउँदै नेता केसीले भने, ‘निर्वाचनका बेला लोकतन्त्र संस्थागत गर्न सकेनौं। बेकम्मा भयौं। गणतन्त्रका लागि लडेका, पञ्चायतविरोधी लडेका हामी निकम्मा भयौं भनेर हल्ला चलेको थियो। नयाँ आउनुपर्छ भनिएको थियो। नयाँको स्थिति पनि देखिँदै छ।’

प्रकाशित: Jan 19, 2023| 14:52 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...