NadaNada
बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीलाई विमलेन्द्रले भने– संघीयताको रक्षाका लागि सरकालाई सर्मथन गर्दा किन आशंका?

ओलीलाई विमलेन्द्रले भने– संघीयताको रक्षाका लागि सरकालाई सर्मथन गर्दा किन आशंका?

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूले सर्मथन गरेको प्रधानमन्त्रीले अभुतपूर्व विश्वासको मत पाउँदा किन अरुप्रति आंशका गरेको? भन्दै प्रश्न गरेका छन्।
 |  बिहीबार, माघ ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

vianetvianet
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूले सर्मथन गरेको प्रधानमन्त्रीले अभुतपूर्व विश्वासको मत पाउँदा किन अरुप्रति आंशका गरेको? भन्दै प्रश्न गरेका छन्।  

आज उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूलाई एमाले अध्यक्ष ओलीको संविधानमाथिको भरोसप्रति प्रश्न र आशंका गरेको निधिले बताए। ‘संविधान निर्माण गर्दा हामीले राखेका थियौँ। प्रतिनिधि सभा बीचमै विघटन त हुँदैन? जबसम्म वैकल्पिक सरकारको सम्भावना रहन्छ विघटन गर्न पाइँदैन भनेर संविधानमा लेखिएको छ,’ उनले भने।

उनले गणतन्त्र र संघीयतालाई ‘बयलगाढामा चढेर अमेरिका पुगिँदैन’ भनेर टिप्पणी गरेको भनेर ओलीप्रति लक्षित गर्दै निधिले संघीयता माथिको ओलीको भरोसमा पनि प्रश्न रहेको  बताए। उनले संघीयता र गणतन्त्रलाई बचाउनका लागि विश्वासको मत दिएको उनले बताए। 

प्रकाशित: Jan 19, 2023| 13:10 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...