आइतबार, चैत १५, २०८२

एसिया कप : उपाधिका लागि भारत र बंगलादेश भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-युएयमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ । बंगलादेशले पाकिस्तानलाई ३७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । अब फाइनल खेलमा बंगलादेशले उपाधिका लागि भारतको सामना गर्ने छ । फाइनल खेल भने शुक्रबार हुने छ ।

बुधबार राती भएको सुपर फोरको अन्तिम खेलमा २ सय ४० रनको लक्ष्य पक्ष्याएको पाकिस्तान निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा मात्र २ सय २ रन बनाउन सक्यो । 

खराब सुरुवात गरेको पाकिस्तानलाई शोएब मालिक र इमाम उल हकले सम्हाल्ने प्रयास गरे पनि धेरै लामो समय टिक्न सकेनन् । पहिलो ओभरको ५ बलमै फखार जमान १ रनमा तथा दोस्रो ओभरको तेस्रो बलमा बाबर आजम १ रनमा पेभिलिएन फर्कंदा पाकिस्तान थप दबाबमा आयो ।

एक समय पाकिस्तान ४ ओभरमै १८–३ को दयनिय स्थितिमा पुगेको थियो । चौथो विकेटका लागि इमाम र मलिकले ६७ रनको साझेदारी गर्दै केहि आशा दिलाएका थिए । तर मालिक पनि २१ औं ओभरमा व्यक्तिगत ३० रनमा आउट भएपछि पाकिस्तान थप दवावमा आयो ।

छैटौं विकेटका लागि आसिफ अली र इमामले ७१ रनको साझेदारी गर्दै टिमलाई हारबाट जोगाउने प्रयास गरेपनि त्यो साझेदारी जितको लागि पर्याप्त हुन सकेन । पाकिस्तानले निरन्तर विकेट गुमाउँदा बंगलादेशले खेलमा पकड बनायो । पाकिस्तानका लागि इमामले १०५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ८३ रन बनाए पनि त्यो फाइनल सम्म पुग्नको लागि टिमलाई प्रयाप्त रन हुने सकेन ।

त्यस्तै अलीले ३१ रन र शाहीन शाह अफ्रिदीले १४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक दोहोरो अंक छुन सकेनन् । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । त्यस्तै मेहन्दी सहन मिराज २ विकेट लिदाँ रुबेल हसन, सौम्य सरकार र महामुदुल्लाहले समान १ विकेट लिए ।

त्यसअघि युएईको आबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ४८ ओभर ५ बलमा अल आउट हुँदै २ सय ३९ रन बनाउन सकेको थियो । मोहमम्द मिथुन र मुश्फिकर रहिमले १ सय ४४ रनको शतकीए साझेदारी नै बंगलादेशलाई जितको बलियो आधार बन्यो । 

रहिमले ११६ बलमा ९ चौकाको सहयोगमा ९९ रनमा आउट भए । रहिम करियरको ७ औ शतक बनाउन १ रनले चुके । रहिम ४१ ओभर ४ बलमा शाहीन शाह अफ्रिदीले कप्तान शरफराजको हातबाट क्याच आउट गराउदैँ ९९ रनमा पेभिलिएन फर्किएका थिए । मिथुनले ६०, महामुदुल्लाह २५, इमरुल कायेस ९,मेहन्दी हसन मिराज १२ र कप्तान मशरफी मुर्तजा १३ रन बनाउन सके । 

पाकिस्तानको लागि जुनैद खानले उत्कृष्ट बलिङ गरेपनि टिमको जितको लागि एक्लो प्रयास सफल हुन सकेन । उनले ९ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै शाहीन शाह अफ्रिदी र हसन अलीले समान २ विकेट लिदा सादव खानले १ विकेट लिएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।