आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेमकिपाले माग्यो कांग्रेस सत्तापक्ष भएको दाबी गर्दै प्रमुख विपक्षी दलको हैसियत

नेमकिपाले माग्यो कांग्रेस सत्तापक्ष भएको दाबी गर्दै प्रमुख विपक्षी दलको हैसियत

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सदनमा ठूलो संख्या रहेको कांग्रेस प्रतिपक्षी दल हुनै नसक्ने नेमकिपाको ठहर।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले २६ पुसपछि कांग्रेस प्रतिपक्षी दल नरहेको दाबी गर्दै प्रतिनिधिसभामा आफूलाई प्रमुख विपक्षी दल तोक्न माग गरेको छ।

National life

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेमकिपा सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको बताए। प्रतिनिधिसभामा नेमकिपाबाट १ जना मात्रै सांसद छन्।

संसद् बैठक स्थगित गरेरै भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन्। नेमकिपा र राष्ट्रिय जनमोर्चाले गत २६ पुसमा सरकारलाई विश्वासको मत दिएका थिएनन्।

सुवालले भने, ‘सरकारलाई विश्वासको मत नदिएको सबैभन्दा ठूलो दल नेमकिपा हो। नेमकिपा नै विपक्षी दल हो। सरकारलाई समर्थन गर्ने दल प्रतिपक्षी हुन सक्दैन।’ प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले भने अहिलेसम्म आफू विपक्षी दल भएको दाबी गर्दै आएको छ।

प्रकाशित: Jan 19, 2023| 12:06 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...