काठमाडौं- इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको आजको खेलमा जित निकाल्दै मधेश प्रदेशले सेमीफाइनलमा स्थान पक्का गरेको छ। यससँगै प्रतियोगिताको सेमीफाइनल समिकरण पनि पुरा भएको छ।
प्रदेश १ र सुदूरपश्चिम एक खेल अगावै अर्को चणमा पुगिसकेको खेलमा समूह ए बाट दोस्रो हुँदै विभागीय क्लब एपीएफ पनि अन्तिम चारमा पुगेको थियो। आजको खेलमा मधेशले लुम्बिनीलाई हराउँदै उपाधि जितेको हो।
समूह बी को आजको खेलमा लुम्बिनीललाई मधेशले १६ रनले हराएको छ। यससँगै अब दुई दिनपछि हुने सेमीफाइनल खेलमा एपिएफले प्रदेश १ को सामना गर्नेछ भने सुदुरपश्चिमले मधेशको सामना गर्नेछ।
आजको पहिलो खेलमा पहिले फिल्डिङ रोजेको लुम्बिनीले १०८ रनको लक्ष्य पाएको थियो। जवाफमा उसले पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर ९१ रन मात्र बनाउन सकेपछि मधेशले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो।
यता आजै सम्पन्न अर्को खेलमा बागमति प्रदेशले गण्डकी प्रदेशलाई ३७ रनले हराएको छ। आज जित निकाले पनि गण्डकी बाहिरि सकेको थियो।