काठमाडौं- यू-१७ महिला साफ च्याम्पियनसिपको लागि सो उमेर समूहको खुला छनोट हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्ने भएको हो।
एन्फाले आज सूचना जारी गर्दै आबद्द जिल्ला फुटबल संघलाई छनोटमा खेलाडीलाई सहभागिता गराउन आग्रहसमेत गरेको छ।
एन्फाले दिएको जानकारी अनुसार पहिलो चरणको छनोट माघ १२ देखि १५ गतेसम्म हुनेछ भने दोस्रो चरणको छनोट माघ १६ देखि २० गतेसम्म हुनेछ।
बंगलादेशमा आयोजना हुने यू–१७ महिला साफ चैत ६ देखि १४ गतेसम्म हुने तय छ। सोहि प्रतियोगिताको लागि छनोट हुन लागेको हो।