शनिबार, साउन २, २०८३

युभेन्ट्सको अपराजित यात्रा कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
टुरिन (एजेनसी)-इटालियन सिरी ए साविकको विजेता युभेन्ट्सको लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आफ्नो छैठैं खेलमा बोलोग्नालाई २-० ले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

खेलको ११ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले गोलरक्षकले बचाउ गरेको बल रिबाउन्डमा आएपछि गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि क्रिस्टियानो रोनाल्डोको पासमा ब्लेस माटुइडीले गोल गर्दै युभेलाई २-० ले अगाडी पुर्याए । युभेले थप अवसर सिर्जना गरेपनि गोल थप्न भने सकेन ।

पछिल्ला सात सिजन लिग उपाधिमा कब्जा जमाएको टुरीन टोलीले यसपटक पनि सोहि लयलाई कायम राख्ने संकेत दिएको छ । खेलभर दबाब बनाएको युभेन्ट्स कुनै समय पनि दबाबमा रहेन । ७७ प्रतिशत बल पोसेसन राखेको टोलीले प्रहार गरेको १५ सटमध्ये ८ प्रहार गोलतर्फ लागेका थिए ।

लिगको अन्य खेलमा नेपोलीले पार्मालाई ३-० ले पराजित गर्दै युभेलाई पछ्याउने क्रम जारी राख्यो । नेपोलीको ६ खेलमा १५ अंक रहेको छ । लाजियोले उडीनेजेलाई २-१ ले हराउँदै १२ अंकसहित तेस्रो स्थानमा छ । 

एएस रोमाले फ्रोसीनोनेलाई ४-० ले पराजित गर्दै लिगको दोस्रो जित दर्ता गर्न सफल रहयो । काग्लीयारी र साम्पडोरीयाको खेल गोलरहित बराबरीमा टुंगियो । जेनोआले किएभोलाई २-० ले हरायो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।