आइतबार, जेठ ३, २०८३

ईश्वरी न्यौपाने कांग्रेसबाट सभामुखको प्रत्यासी

बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखमा न्यौपानेको उम्मेदवारीलाई सदर गरेको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

National life

काठमाडौं– नेपाली कांग्रेसले संघीय संसद्को सभामुख पदका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखमा न्यौपानेको उम्मेदवारीलाई सदर गरेको हो।

न्यौपानेको उम्मेदवारीको औपचारिक निर्णय गर्न अहिले कांग्रेस केन्द्रीय संसदीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।कांग्रेसले नेकपा एस, जसपा, लोसपालगायतका सत्ता पक्षीय दलसँग सभामुखको उम्मेदवारीबारे अहिले सिंहदरबारमा छलफल गरिरहेको छ। 

कांग्रेसले सभामुखका लागि सरकारलाई समर्थन दिँदै आए पनि असन्तुष्ट पार्टीको समर्थनमा सभामुखको मनोनयन दर्ता गराउने बताइएको छ। यसअघि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरेले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका थिए।

प्रकाशित: Jan 18, 2023| 14:38 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...