आइतबार, जेठ ३, २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै, सभामुखको उम्मेदवार तय गर्ने

आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो।

National life

बैठकले सभामुख निर्वाचनका लागि उम्मेदवार तय गर्नेछ। कांग्रेसले सभामुखमा महिला उम्मेदवार बनाउने तयारी गरेको छ। बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा यसबारे छलफल भएको थियो।

अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने सम्भावना छ। यसबारे औपचारिक निर्णय संसदीय दलको बैठकले गर्नेछ। 

सभामुखको निर्वाचनका लागि उम्मेदवारी दर्ता आज दिउँसो १ देखि अपराह्न ४ बजेसम्मलाई तोकिएको छ। मतदान भने बिहीबार हुनेछ।

प्रकाशित: Jan 18, 2023| 12:14 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...