आइतबार, जेठ ३, २०८३

सभामुखमा कांग्रेसले पनि उम्मेदवारी दिने

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं- नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो। 

National life

कांग्रेसले उम्मेदवार भने टुंगो लगाएको छैन। सभामुखको मनोनयन दर्ताका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि समय तोकिएको छ। मतदान बिहीबार हुनेछ।

प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर उम्मेदवार तय गर्ने कांग्रेसका एक पदाधिकारीले बताए। उपसभामुख अर्को दलबाट र महिला-पुरुष मिलाउनुपर्ने भएकाले उम्मेदवार टुंगो नलगाइएको हो।

सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार बन्ने भएका छन्।


प्रकाशित: Jan 18, 2023| 11:52 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...