आइतबार, जेठ ३, २०८३

सभामुखबारे छलफल गर्न धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक बसेको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं- सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक बसेको हो।

National life

बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ। संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ। सभामुखको उम्मेदवार कसलाई उठाउने भन्नेबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बसेको हो।

कांग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन। पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्नेबारेमा छलफल हुनेछ। कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन्। यदि कांग्रेसले उम्मेदवारी नदिएमा एकीकृत समाजवादीले उठाउने उम्मेदवारलाई समर्थन गर्ने बुझिएको छ। एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे र भानुभक्त जोशी सभामुखका आकांक्षी छन्। 

कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा मात्र ध्यानदृष्टि दिएको छ। मंगलबार बसेको सर्वदलीय बैठकमा पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने स्पष्ट पारिसकेको छ।

प्रकाशित: Jan 18, 2023| 11:44 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...