शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे ३३ केजी सुनकान्ड : गोरेका तीनै जना सहयोगीलाई थुनामै राख्ने आदेश

साढे ३३ केजी सुनकान्ड : गोरेका तीनै जना सहयोगीलाई थुनामै राख्ने आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर- उच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको आरोपमा थुनामा रहेका गोरेका सहयोगी तीनै जनालाई थुनामै राख्ने आदेश दिएको छ।

मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेका तीन जना सहयोगी मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र एलबी भनिने लालबहादुर मगरलाई थुनामा राख्ने मोरङ जिल्ला अदालतको आदेशलार्इ नै उच्च अदालतले सदर गरेको हो।

बुधबार उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा र उमेशराज पौडेलको इजलासले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र काकी थुनामा राख्ने आदेश दिएको हो। काफ्ले र कार्कीलाई गोरेसहितको समूहले साढे ३३ किलो सुन लुकाएको आरोपमा यातना दिएको थियो।

मोरङ उर्लाबारीको जंगलमा कार्की, काफ्ले र मृतक शाक्यलाई गोरे सहितको समुहले सँगै राखेर करेन्ट लगाएर यातना दिएको थियो। सनम शाक्यको शव विराटनगरबाट बरामद गर्दा काफ्ले, कार्कीलाई र टेकराज मल्ल ठकुरी पक्राउ परेका थिए।

त्यस्तै सोमबार उच्च अदालत विराटनगरका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त्त इजलासले थुनामा रहेका एयरलायन्स कर्मचारी एलबी भनिने लालबहादुर मगरलाई थुनामा राख्ने जिल्ला आदेश नै सदर गरेको थियो ।

सुन तस्करी प्रकरणमा जिल्लाको आदेश पछि थुनामा रहेका निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसी प्रजित केसी गोरेका सहयोगी भनिएका रामुकमार तिवारी भने अदालतकै आदेशमा रिहा भइसकेका छन्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।