बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्री कप : सुदूरपश्चिमले एपीएफलाई हरायो, प्रदेश १ सेमीफाइनलमा

प्रधानमन्त्री कप : सुदूरपश्चिमले एपीएफलाई हरायो, प्रदेश १ सेमीफाइनलमा

इटहरी मैदानमा आज बिहान भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले हराएर सेमीफाइनलमा प्रवेश गरेको हो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम र प्रदेश १ ले जित निकालेका छन्। इटहरी मैदानमा आज बिहान भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले हराएर सेमीफाइनलमा प्रवेश गरेको हो।

National life

हुस्सुका कारण मैदान ओसिलो भएपछि टसमा ढिलाई भएर ११ ओभरमा छोट्याइएको खेलमा कर्णाली प्रदेशले पहिले ब्याटिङ गरेको थियो। कर्णलीकी रमा बुढाथोकीले सर्वाधिक १८ रन बनाएको खेलमा उसले ४० रनको लक्ष्य प्रदान गरेकी थिइन्।

प्रदेश १ का ज्योति दनुवार, रुविना क्षेत्री, संगीता राई र काजोल राजवंशीले समान १–१ विकेट लिएका थिए। जवाफमा प्रदेश १ का रुविनाले २२ र काजलले १३ रन बनाएपछि उसले सहजै जित निकाल्यो।

प्रतियोगिताको १०औं र आजको दोस्रो खेलमा उपाधि दावेदार एपिएफले सुदूरपश्चिमसँग चार विकेटको हार बेहोरेको छ। पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाको थियो। जवाफमा सुदूरपश्चिमले ६ विकेट गुमाएर चार बल बाँकी रहँदै ९२ रनको लक्ष्य पुरा गरेको हो।

खेलको प्लेयर अफ दि म्याच बनेकी कविता जोशीले तीन विकेट लिनुका साथै सात रन जोडिन्। खेलमा एपीएफकी ममता चौधरीले २६, रोमा थापाले १५ र ज्योति पाण्डेले १४ रन बनाइन्। एपीएफलाई खुलेर खेल्न नदिनका लागि रितु कनौजियाले दुई विकेट लिएकी थिइन्। जवाफी पारीमा सुदूरपश्चिमले राम्रो सुरुआत गर्न नसके पनि मध्यक्रममा डल्ली भट्ट र रितु कनौजियाले ३३ र १० रन बनाएर लक्ष्यमा पुग्न सहज बनाएका थिए।

Laxmi sunrise bank
kumari

एपिएफकी नेरी थापाले तीन विकेट लिएकी थिइन्। आजको जितसँगै सुदूरपश्चिमले तीन खेलबाट छ अंक बनाएर अपराजित रहँदै सेमीफाइनलमा पुगेको। एपीएफले भने तीन खेलबाट चार अंक मात्र बनाएको छ।

समूहको अन्तिम खेलमा बागमती र गण्डकीले खेल्नेछन्। भोली हुने समूह बीको अन्तिम खेलमा लुम्बिनी र मधेशले खेल्नेछन्। यो खेलमा जित निकाल्ने टिम सेमीफाइनलमा पुग्नेछ। अलिहेसम्म सेमीफाइनलमा पुग्ने सुदूरपश्चिम र प्रदेश १ मात्र छन्।

प्रकाशित: Jan 17, 2023| 18:58 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।