सोमबार, मंसिर २९, २०८२

मधेस प्रदेश सभामुखमा मण्डल निर्वाचित

प्रदेशसभाको आजको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित सङ्ख्या एक सय तीनमध्ये ७४ मत प्राप्त गरेका हुन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- मधेस प्रदेशसभा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित भएका छन्।

National life

प्रदेशसभाको आजको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित सङ्ख्या एक सय तीनमध्ये ७४ मत प्राप्त गरेका हुन्। उनको विपक्षमा २९ मत परेको छ। यसअघि उनी नेकपा एमालेका तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं १(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए। 

सभामुखका लागि नेपाली कांग्रेसका जंगीलाल राय यादव पनि प्रतिस्पर्धामा थिए। उनलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको थियो। बैठक अहिले ६ बजेसम्मका लागि स्थगित गरिएको छ। त्यसपछि बस्ने बैठकबाट आजै उपसभामुखको निर्वाचन गरिने सभाध्यक्ष गोविन्दबहादुर न्यौपानेले प्रदेशसभालाई जानकारी गराए।

प्रकाशित: Jan 17, 2023| 18:45 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।