धनगढी- सात नम्बर प्रदेशको राजधानी र नामाकरणका लागि गठित सुझाव समितिले प्रदेशका जनताको भावना विपरित एकलौटि तवरले प्रदेश सभामा प्रतिवेदन पेश गरेको भन्दै डोटीमा पनि आन्दोलन हुने भएको छ।
बुधबार भएको बैठकले आज घरघरमा विरोध स्वरुप कालो झण्डा झुण्ड्याउने, भोली विरोध र्यालीसहित जिल्ला प्रशासनमा कोण सभा गर्ने, पिपल्ला बजारमा विरोध प्रदर्शनसहित कोणसभा गर्ने र असोज १२ गतेदेखि अनिश्चितकालिन डोटी बन्द गर्ने निर्णय भएको आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४