शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • समाज
  •  प्रदेश ७ को राजधानीका विषयमा प्रदेशसभा बैठकमा चर्काचर्की

 प्रदेश ७ को राजधानीका विषयमा प्रदेशसभा बैठकमा चर्काचर्की

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- प्रदेश ७ को स्थायी राजधानीको विषयलाई लिएर बुधबारको प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ। मंगलबार संसदमा पेश भएको प्रदेशको नामाकरण र स्थायी राजधानी सम्बन्धी प्रतिवेदन माथिको छलफलमा भाग लिने सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच जुहारी नै चलेको छ।

प्रदेशको नामाकरण र स्थायी राजधानी निर्धारण गर्न विषेश सुझाव समितिले स्थायी राजधानी कैलालीको गोदावरीमा राख्ने प्रतिवेदन प्रदेशसभामा पेश गरेपछि सांसदबीच चर्काचर्की भएको हो। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र राजपाका सांसदले कुनै एक नेताको निहित स्वार्थमा गोदावरी राजधानी प्रस्ताव गरिएको भन्दै उनीहरुले कुनै पनि हिसाबले गोदावरी राजधानी उपयुक्‍त नभएको बताए। 

बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बहुमतीय दम्भका आधारमा समितिले प्रतिवेदन ल्याएको बताए। उनले भने,‘प्रदेश ७ का सबै जिल्लाको पायक पर्ने ठाउँका हिसावमा हो भने डोटीको दिपायल उपयुक्त हो, कम खर्च र अन्य सुविधाका हिसाबले धनगढी उपयुक्त हो तर गोदावरी कुनै पनि हिसावले उपयुक्त छैन।’

राजधानी बनाउने भनिएको गोदावरीको उक्त क्षेत्रमा जंगल रहेकाले जंगल विनाश गरी राजधानी बनाउन नमिल्ने रावललगायत प्रतिपक्षका सांसदको भनाई छ। अर्को प्रतिपक्ष दल राजपाका सांसद कृष्ण चौधरीले पनि गोदावरी राजधानी आफ्नो दललाई मान्य नभएको बताए। उनले भने,‘जंगल मासेर राजधानी बनाउने यो कस्तो संघीयता हो, कुनै नेताको स्वार्थपुर्तीका लागि जनताको भावना विपरीत राजधानी बनाउन पाइन्छ।’ 

यता सत्ता पक्षका सांसदले भने समितिको प्रतिबेदनको बचाउ गर्दै गोदावरी राजधानी उपयुक्त भएको बताए। यसअघि डोटीको दिपायलमा राजधानीको माग गर्ने सत्ता पक्षका सांसदले पनि बुधबारको प्रदेश सभा बैठकमा भने गोदावरी राजधानी उपयुक्त भएको तर्क गरे। बुधबारको प्रदेश सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्ष गरि २२ जना सांसदले आफ्नो धारणा राखेका थिए। 

प्रदेश ७ को प्रदेश सभामा ५३ जना सांसद रहेका छन्। जसमा प्रतिपक्षमा काँग्रेसका १२ र राजपाका २ गरि १४ सांसद रहेका छन् । सत्ता पक्षको दुई तिहाई संख्या रहेकाले सांसदमा पेश भएको राजधानी र नामाकरणको प्रस्ताब पास हुन सहज नै रहेको छ। 

हाल अस्थायी राजधानी रहेको धनगढीका वासिन्दाले बुधबार संसद चलिरहेका वेला प्रदेश सभा भवन घेराउ गरेका थिए। उनीहरुले धनगढीबाट राजधानी अन्यत्र सार्न नपाईने भन्दै विरोध जनाएका छन्। राजधानी गोदावरी बनाउने प्रस्ताबका बिरोधमा धनगढीबासीले बिहिवार आमहड्तालको समेत घोषणा गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।