आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपाको भागमा तीन मन्त्रालय, ऊर्जामन्त्री बन्ने भए राजेन्द्र लिङ्देन

राप्रपाको भागमा तीन मन्त्रालय, ऊर्जामन्त्री बन्ने भए राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ। सत्ता गठबन्धन आवद्ध दलहरूको सहमति अनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय पाउने भएको छ। 

National life

राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन ऊर्जा तथा सिंचाई मन्त्री हुने भएका छन्। शहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ। शहरी विकास मन्त्री ध्रुबबहादुर प्रधान बन्ने भएका छन्।

त्यस्तै, शहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहलाई नियुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

युवा तथा खेलकुदमा विक्रम पाण्डे र धवलशम्शेर राणामध्ये एक जना पठाउने तयारी रहेको राप्रपाका एक पदाधिकारीले जानकारी दिए।

प्रकाशित: Jan 17, 2023| 10:25 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...