शनिबार, साउन २, २०८३

मोड्रिच महान तर मेस्सी उत्कृष्ट : भलभर्डे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मड्रिड (एजेनसी)-बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भलभर्डेले रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच महान खेलाडी भएको बताएका छन् । तर, बार्सिलोनाका कप्तान लियोनल मेस्सी जस्तो कुनै खेलाडी ह नभएको समेत बताएका छन् । 

भलभर्डेले लिगानेस क्लब यात्रा भन्दा पहिले यस्तो अभिव्यक्ति दिएका थिए । मेस्सीलाई दुनियाको सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीको संज्ञा दिए । रियल मड्रिडका मोड्रिचले यसै साता फिफा सर्वश्रेष्ठ बर्ष खेलाडीको उपाधि समेत जिते । 

भलभर्डेले भने, ‘यसमा कुनै संका छैन की लुका मोड्रिच एक महान खेलाडी हुन् । तर, हामीले पहिले नै भनेका थियौ । हामी यसलाई फेरि पनि भन्छौ की लियोनल मेस्सी दुनियाका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् ।’

मोड्रिचले यसै बर्ष फिफा विश्वकप गोल्डेन बल, फिफा विश्वकप ड्रिम टिम, फिफा विश्वकप फेन्टासी म्यकडोनाल्ड ओभरअल र फिफा बर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितिसको छन् । 

उनले रुस विश्वकपमा क्रोएसियाको नेतृत्व गर्दै क्रोएसियालाई विशवकपको फाइनल समम पुग्न महत्वपुर्ण योगदान पुर्याएका थिए । पाँच पटकका बेलोन डि ओर विजेता मेस्सीले भने यस बर्ष व्यक्तीगत त्यस्तो उल्लेख्य उपाधि जित्न सकेका छैनन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।