भैरहवा- नेपाली कांग्रेसका रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीका सभापतीहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधि,क्षेत्रीय सभापती, भात्रृ तथा सुवेक्षुक संघका सभापतीहरुले पाटिको झण्डा फेर्न लिखीत रुपमा सुझाव दिएका छन् ।
विधान संसोधनको तयारीमा रहेको नेपाली काँग्रेसले भैरहवामा साबिकको लुम्बिनी अञ्चलका ६ जिल्लाका नेताहरुसंग मंगलबार र बुधबार गरेको छलफलबाट निश्कर्ष निकाल्दै हाल चारतारे मात्रै रहेको झण्डालाई परिवर्तनगरी चारतारे भित्र रुख समेत राख्न लिखीत सुझाब दिएको पाटिका नेता दीपक क्षेत्री न्यौपानेले बताए।
पार्टीका नेता रमेश लेखक सहित आएको केन्द्रीय टोलीलाई साविक लुम्बिनी अन्चलका नेताहरुले झण्डा परिवर्तनका साथै पार्टीभित्रको गुटउपगुट पुर्णतया निस्तेज पार्दै पार्टी सभापति र नेतृत्वलाई शसक्त रुपमा सहयोग गरेर जाने पनि निर्णय गरेको छ।
छलफलले नेतृत्व कमजोर भए सिंगो पार्टी कमजोर हुने हुँदा नेतृत्वलाई बलियो बनाएर अघि बढ्न तल्लो तहदेखी एक भएर लाग्ने पनि निर्णय गरेको हो। छलफलले अन्य विभिन्न बुँदामा विधान संशोधन गर्न सुझाव दिएको छ।
भैरहवाको भेलामा नेपाली काँग्रेसको संसदीय दलका उपनेता विजय कुमार गच्छदार, काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापती भरतकुमार शाह, केन्द्रीय सदस्य दिपक गीरी, केन्द्रीय सदस्य अत्तहर कमाल मुसलमान, जिल्ला सभापती अब्दुल रज्जाकलगायतले पार्टीलार्इ बलियो बनाउन समयसापेक्ष विधान संशोधन जरुरी रहेकोले देशैभर सुझाव संकलन गर्न थालिएको बताए।
उनीहरुले अब नेता कार्यकर्ताको भावना अनुसार कांग्रेस चल्ने पनि बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४