शुक्रबार, वैशाख २६, २०८२

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती निर्विरोध

सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्ममा उनको मात्र उम्मेदवारी दर्ता भएपछि घर्ती निर्विरोध भएका हुन्।
 |  सोमबार, माघ २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

vianetvianet

काठमाडौं- लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध भएका छन्। सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्ममा उनको मात्र उम्मेदवारी दर्ता भएपछि घर्ती निर्विरोध भएका हुन्। 

triton college

उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ। उपसभामुखमा राप्रपाबाट मेनुका खाण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ।

सत्ता गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमति भएको थियो। त्यही सहमतिअनुसार एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्। 

गठबन्धनले एक मन्त्रालय मात्र दिने तयारी गरेपछि उन्मुक्तिले उपसभामुखमा उम्मेदवारी दिएको हो। सत्ता गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ प्रदेश सभा सदस्य छन्। स्वतन्त्र दुई सदस्य छन्। ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्ताय गठबन्धनमा ५१ सदस्य छन्।

प्रकाशित: Jan 16, 2023| 18:36 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।