काठमाडौं- नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) सुदूरपश्चिम प्रदेशले प्रदेशले आयोजना गरेको सरकारी कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगितामा जीवन बहादुर खड्का प्रथम भएका छन्। आइतबार सम्पन्न भएको २१ खेलाडी सम्मितिल प्रतियोगितामा जिवले उपाधि जितेका हुन्।
संगडनको प्रथम सम्मेलनको पूर्वसन्ध्यामा आयोजित प्रतियोगितामा पवन बहादुर रावल दृतीय, महेश भट्ट तथा मेखराज जैशी तृतीय भएका थिए। उनीहरूलाई क्रमशः १०, सात र चार हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका पूर्व मन्त्री मानबहादुर धामीले यस्ता खाले शारीरिक व्यायाम हुने खेलकुदले स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्ने बताए। ‘स्वास्थ्य नै धन हो तर धन स्वास्थ्य होइन। एउटा मान्छेले खेलको महत्त्व बुझ्न सकेन भने त्यो मानसिक वा शारीरिक रूपमा अपाङ्ग हुन्छ,’ उनले भने।
खेलकुद क्षेत्रको विकासले सामाजिमा सम्मृद्धिको आधार तयार पार्ने भएकाले राज्यले खेलकुद विकासका लागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने उनको धारणा छ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका प्रायोजक एस कम्प्युटर्स एण्ड सप्लायर्सका सञ्चालक डिल्लीराज भट्टले सकारी कर्मचारीबीचको ब्याडमिन्टन प्रतियोगितालाई मुख्य प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए।
‘प्रत्येक क्षेत्रमा प्रतिभाशाली व्यक्ति हुन्छन्। उहाँहरूको प्रतिभा कुनै न कुनै रूपमा बाहिर आउनुपर्छ,’ उनले भने। धनगढीस्थित रंगशालामा सम्पन्न प्रतियोगिता नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) सुदूरपश्चिम प्रदेशका इन्चार्ज बलदेव कपाडीको अध्यक्षतामा सम्पन्न भएको थियो।