आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्ड–ओलीबीचको पाँच घन्टे वार्तालापपछि बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक

प्रचण्ड–ओलीबीचको पाँच घन्टे वार्तालापपछि बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा अध्यक्ष ओली छन्।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालकोट निवासमा भएको पाँच घन्टे छलफलपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ।

National life

अपराह्न ५ बजे बस्ने गरी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका हुन्। उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा अध्यक्ष ओली छन्।

‘प्रधानमन्त्री र नेता ओलीबीच बसेको बैठकले आजै अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने निर्णय भएको छ,’ बालकोटमा पत्रकारसँग बोल्दै मन्त्री पौडेलले भने, ‘कसले कति मन्त्रालय लिने भन्नेजस्ता विषय आजको बैठकमा छलफल गरिनेछ।’  मन्त्रिपरिषद विस्तार छिट्टै हुने उनले बताए।

यसअघि प्रधानमन्त्री प्रचण्डले पनि छिट्टै मन्त्रिपरिषद विस्तार गरिने २६ पुसमा विश्वासको मत दिने सबै दलका शीर्ष नेताहरूको बैठक मंगलबार बस्ने निधो भएको बताएका थिए।

प्रकाशित: Jan 16, 2023| 15:40 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...