आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • थाइल्यान्डमा च्याम्पियनसिप खेल्न नेपालका ६ खेलाडी त्यसतर्फ जाँदै

थाइल्यान्डमा च्याम्पियनसिप खेल्न नेपालका ६ खेलाडी त्यसतर्फ जाँदै

एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार(आज) थाइल्यान्डको बैंकक प्रस्थान गर्ने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार(आज) थाइल्यान्डको बैंकक प्रस्थान गर्ने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ।

Kumaribank

जनवरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने थाइल्यान्ड जान लागेका हुन्।

पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय बाटाले प्रतिस्पर्धा गर्ने छन्। महिला ४५–४८ केजीमा सुष्मा तामाङ, ५४–५७ केजीमा हेमा राई र ७०–७५ केजीमा त्रिशा जवेगुले खेल्ने छन्। सुष्माको चौथो तथा इन्द्रको तेश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। बाँकी ४ ले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लागेका हुन्।

प्रशिक्षकमा दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ रहेका छन्। प्रतियोगिता दौरान हुने इन्टरनेसनल टेक्निकल अफिसर कोर्षमा सहभागी हुन पुष्करराज पन्त तथा आइबा २ स्टार रेफ्री जज कोर्षका लागि रामचन्द्र थापा मगर र धनकुमार मैनाली पनि टोलीसंगै थाइल्यान्ड जाने छन्।

प्रतियोगितामा करिब ३० राष्ट्रको सहभागिता रहने संघका सदस्य एवं प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन्।

Metro Mart

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले आइतबार हिजो एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

सो अवसरमा सदस्य–सचिव घिसिङले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘उत्कृष्ट खेलाडीलाई एक्पोजर दिन विशेष जोड दिनु होस्। सिकेर मात्र हुँदैन। खेलाडीलाई खेल्ने वातावरण पनि चाहिन्छ। महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराउनुस।’

प्रकाशित: Jan 16, 2023| 09:30 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।