आइतबार, कात्तिक २, २०८२

डर्बीविरुद्ध सानदार जितपछि आर्सनललाई उपाधिको सपना

इंग्लिस प्रिमियर लिगको सुरुबाटै लिगलिडर भए पनि उपाधि जित्ने आशा नगरिएको आर्सनलले आइतबार रातिको खेलमा लन्डन डर्बी टोटेनहम हट्सपरलाई हराएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगको सुरुबाटै लिगलिडर भए पनि उपाधि जित्ने आशा नगरिएको आर्सनलले आइतबार रातिको खेलमा लन्डन डर्बी टोटेनहम हट्सपरलाई हराएको छ। डर्बीमा २–० को जित निकालेसँगै अहिले भने आर्सनलले उपाधि सपना देख्न थालेको छ। उसले मात्र होइन समर्थनले पनि आर्सनलले उपाधि जित्ने आँकलन गर्ने सुरु गरेका हुन्।

Kumaribank

आर्सनलले सन् १९७१ प्रिमियर लिगको उपाधि जित्दा र आर्सेन विंगरको टिमले सन् २००४ मा उपाधि जित्दा समर्थकले जसरी आफ्नो टिमको गुणगान गाउने गर्दथे सोहि शैलीमा यो वर्ष समर्थकहरले गर्वको गीत रंगशालामै गाउन थालेका छन्।

तर माइकेल आर्टेटाको टिम अर्सनलले टोटेनहमविरुद्ध जित निकाले पनि उपाधिबाट धेरै टाढा रहेको छ। यद्यपी उसले लिगका आधा खेल सकिँदा भने शीर्षस्थानका आठ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीका ३९ अंक हुँदा आर्सनलको ४७ अंक रहेको छ।

गएरातिको खेलको पहिलो हाफ निकै उत्कृष्ट थियो। टोटेनहमको हट्स्परको मैदानमा घरेलु समर्थकबीच गोलकिपर हुगो लोरिसको गल्तीका कारण स्पुर्सले गोल बेहोरेको थियो। आर्सनलका खेलाडीबाट पोस्टतर्फ आएको बल लोरिसको काँधमा लागेर पोस्टभित्र छिरेको थियो।

खेलको दोस्रो गोल पनि पहिलो हाफमै भयो। ३६औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमै दुई गोलको अग्रता बनाए पनि दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। खेलमा कुल १७ पटक विपक्षएको पोस्टतर्फ प्रहार गरे पनि टोटेनहमले गोलको एक पनि लक्ष्य पुरा गर्न सकेन्। यद्यपी उसले ५१ प्रतिसत समय बलमा नियन्त्रण बनाएको थियो।

Metro Mart

प्रिमियर लिगकै गएरातिको खेलमा न्युकासलले फूलहामलाई हराएको छ भने चेल्सीले क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ।

प्रकाशित: Jan 16, 2023| 08:50 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।