आइतबार, कात्तिक २, २०८२

तेश्रो यलम्बर कप ब्याडमिन्टन सुरु

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा आइतबारदेखि ललिपुरमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा आइतबारदेखि ललिपुरमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ।

Kumaribank

पहिलो दिनको खेलमा जुनियर तर्फ ब्वाईज यु–१९ को खेलमा एपिएफका क्षितीज खनाल र सेनाका सुनिल जंग कार्कीले जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन्। 

क्षितीजले सेनाका सुविन श्रेष्ठलाई २१–१३, २१–१४ ले तथा सुनिलले योङ्गसटर ब्याडमिन्टन क्लबका सम्यक शाक्यलाई २१–११, २१–९ ले पराजित गरे।

यस्तै अन्तिम १६ मा प्रवेश गर्ने क्रममा सेनाका सन्तोष पनेरुले देवी नगर ब्याडमिन्टन क्लबका सक्षम ढकालबाट वाकओभर, दाङ्गका अरुण अधिकारीले वाईसीवीसीका रिजन मगरलाई २१–१०, २१–१० को सोझो सेटमा, सेनाका डेभिड थापा मगरले एपिएफका अनिष गुरुङ्गलाई २१–८, २१–८ ले, अमन तामाङले मानभवनका संगम मोक्तानलाई २१–९, २१–११ ले, सुमिनिमाका अविनाष कार्कीले एपिएफका अमन महर्जनलाई २१–१९, २१–१७ ले, सेनाका अनिल मल्लले वाईसीबीसीका सप्तेन हाङ्ग राईलाई २१–६, २१–६ ले, सेनाका कविर केसीले गुल्मीका जेनिस थकालीबाट वाक ओभर, कञ्चनपुरका निखिल भट्टले देवनगरका अदिश कार्कीलाई २१–१०, २१–११ ले पराजित गरे। 

यसैगरि राजेश क्षेत्रीले योङ्गस्टरका सुगत शाक्यलाई २१–१४, २१–११ ले, सेनाका हिमाल चन्दले एपिएफका आरुश सिमखडालाई २१–७, २१–१० ले, महेष खड्काले सूर्यदर्शनका अमन डङ्गोलबाट वाकओभर, एपिएफका रोशन साउदले सेनाका अभय महरलाई २१–११, २१–१५ ले, वाईसीबीसीका किरण न्यौपानेले ईन्टरनेशनल ब्याडमिन्टन देव सेन्टरका अक्षत ढुङ्गेललाई २१–२, २१–७ ले तथा सेनाका नरेन्द्र बमले एपिएफका प्रारम्भ सिमखडालाई २१–११, २१–१३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए।

Metro Mart

च्याम्पियनसिपमा पुरुष युगल (शिर्ष २० बरियता बाहेक), ५५ बर्ष माथिको भेट्रान युगल, ४५ बर्ष माथी युगल, ३५ बर्ष माथि युगल, शिर्ष २० बरियता बाहेकका महिला एकल, १९ बर्ष मुनि शिर्ष २० बरियता बाहेकको ईभेन्टस् रहेको छ।

प्रकाशित: Jan 16, 2023| 08:40 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।