बुधबार, पुस २, २०८२

उषा र मुसावर भलिबल च्याम्पियनसिपका उत्कृष्ट खेलाडी घोषित

पुलिसलाई महिलातर्फको उपाधी दिलाएकी भण्डारी र पुरुष तर्फको उपाधी आर्मीको हातबाट खोस्न महत्त्वपूर्ण भूमिका खेलेका मुवासर सर्वोत्कृष्ट भएका हुन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- काठमाडौंमा सम्पन्न सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा महिला तर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी र पुरुष तर्फ टिपटप हेल्प नेपालका मुवासर राजा घोषित भएका छन्।

National life

पुलिसलाई महिलातर्फको उपाधी दिलाएकी भण्डारी र पुरुष तर्फको उपाधी आर्मीको हातबाट खोस्न महत्त्वपूर्ण भूमिका खेलेका मुवासर सर्वोत्कृष्ट  भएका हुन्।

च्याम्पियनसिपमा उत्कृष्ट सेटरमा महिला तर्फ पुलिसकी कमला पुन र पुरुष तर्फ आर्मीका हरिहजुर थापा भए । यस्तै डिफेन्स तर्फ न्यू डायमन्डकी सलिना श्रेष्ठ र टिपटप हेल्प नेपालका दीपक थापा रहेका छन् भने सर्भर तर्फ महिलामा आर्मीकी संगम महतो र पुरुष तर्फ टिपटप हेल्प नेपालका मुवासर राजा रहे ।

यस्तै वेष्ट ब्लकरमा महिला तर्फ एपिएफकी कविता भट्ट र पुरुष तर्फ नेपाल पुलिस क्लबका नविन नगरकोटीलाई घोषणा गरिएको छ। वेष्ट स्पाईकरमा महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली र पुरुष तर्फ आर्मीका धन बहादुर भट्ट रहँदा वेष्ट कोचमा महिला तर्फ नेपाल पुलिसका रुपेश बिष्ट र पुरुष तर्फ टिपटप हेल्प नेपालका उत्सव खड्का रहे ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 15, 2023| 20:56 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।