शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थायी राजधानी र नामप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन

स्थायी राजधानी र नामप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका विषयमा असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसले प्रदेश सभा अगाडी विरोध प्रर्दशन गरेको छ। 

दिउँसो १ बजेबाट प्रदेश सभा बैठक शुरु भएलगत्तै नेपाली काँग्रेसले गेटमा प्रदर्शन शुरु गरेको हो। प्रदेशको स्थायी राजधानी धनगढीबाट बाहिर सार्न पाईदैन भन्दै काँग्रेसले सभा भवन बाहिर प्रदर्शन जारी राखेको छ।

वन तथा भूमाफिया सरकार मुर्दाबादका नारा लगाउँदै काँग्रेसले करिव दुई घण्टा देखि गेटमै टायर बालेर प्रदर्शन गरिरहेको छ । बिरोेध प्रदर्शनमा धनगढी भन्दा बाहिर राजधानी नचाहाने र प्रदेशको नाम पनि सुदूरपश्चिम नचाहानेहरुको बाक्लो उपस्थिती छ। 

कैलालीको गोदावरी-४ मा प्रदेश राजधानी र नाम सुदूरपश्चिम राख्न बिशेष समितिले प्रस्ताव गरेपछि बिरोध सुरु भएको हो। गोदावरीमा स्थायी राजधानी राखेर वन मास्न खोजेको आरोप आन्दोलनरत पक्षले लगाएको छ।

प्रदेश सदस्यहरुलाई सभाहल भित्रबाट बाहिर आउन नदिने भन्दै आन्दोलनकर्मीहरुले आन्दोलन गरेका छन्। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।