बुधबार, पुस २, २०८२

न्यु डायमन्डलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

काठमाडौंमा जारी सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– काठमाडौंमा जारी सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आइतबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्ड एकेडेमीलाई ३-२ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो।

पहिलो सेटको सुरुवातबाटै अग्रता बनाएको न्यु डाइमण्डले २२-२५ ले सेट कब्जा गरेको थियो। तर उसले दोस्रो सेट २५-१७ ले गुमायो। पहिलो सेटमा हार बेहोरे पनि पुलिसले दोस्रो सेटमा १-१ को बराबरी गरेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटको अन्तिममा गएर न्यु डाइमन्डले २५-२७ को जित निकालेको थियो।

तर जित निकालेको अवस्थामा उपाधि जित्ने चौथो सेट भने न्यु डाइमण्डले २५-१९ ले गुमाउन पुग्यो। निरन्तर उत्कृष्ट प्रदर्सन गरिरहेका पुलिसकी उषा भण्डारी र न्यु डाइमण्डका प्रतिभा मालीका लागि आफ्नो टिमलाई जिताउन एउटा अन्तिम अवसर थियो- फाइनल सेट। पाँचौ सेटमा पुलिसले १५-११ ले जित निकालेपछि प्रतिभा मालिको उपाधि जित्ने सपना भत्कियो। यससँगै पुलिसले उपाधी जितेको हो।

प्रकाशित: Jan 15, 2023| 17:27 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।