शनिबार, साउन २, २०८३

साफमा भागलिने महिला टोलिको बिदाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-भुटानमा आयोजना हुने यु-१८ महिला साफ च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला टोलीलाई बिदाई गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटान जान लागेको टोलीलाई बुधबार विदाई गरेको हो । आफ्नो चुनौती प्रस्तुत गर्न टोली बुधबारनै भुटान प्रस्तुत गर्ने भएको छ ।

शुक्रबारदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ । समूह बीमा नेपालसँगै पाकिस्तान र बंगलादेशसँग रहेको छ । शुक्रबार पाकिस्तानसँग खेल्दै नेपाली टोलीले साफको यात्रा सुरु गर्नेछ ।

नेपालले बंगलादेशसँग अक्टुबर २ मा प्रतिस्पर्धा गर्नेछ । अर्को समूहमा भुटान, माल्दिभ्स र भारत छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली अन्तिम चारमा प्रवेश गर्ने छन् ।

एन्फाको कार्यवहाक अध्यक्ष वीरबहादुर खड्का, सांसद निरु पाल, उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ, महिला कमिटिका अध्यक्ष वृन्दा देवान, ओलम्पियन संगीना बैद्य लगायतले विदाई गरे । 

नेपाली टोली बुधबार नै भुटान जानेछ । खेलाडीहरुमा गोलकिपर अन्जना राना मगर, उषा नाथ, कविता राई, डिफेन्डरमा पुजा रानामरगर, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल र पुनम फरसवान रहेका छन् । 

त्यस्तै मिडफिल्डमा सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी र सम्झना लावती तथा फरवार्डमा सम्झना शर्मा, एलिसा जाम्बा, रश्मी कुमारी घिसिङ र रेखा पौडेल रहेका छन् । 

प्रशिक्षकमा हरि ओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश बैद्य र गोलकिपर प्रशिक्षकमा अष्मिता खवास रहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।