सोमबार, कात्तिक ३, २०८२

कर्णालीको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं– कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन्। आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गरिन्।

Kumaribank

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत पाए। गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३ र राप्रपा र   एकीकृत समाजवादीको १–१ मत प्राप्त भएको छ।

४९ सदस्यीय प्रदेशसभामा ३८ जनाले भाग लिएका थिए। सुर्खेतकी गुरुङ समानुपातिक कोटाकी सांसद हुन्। 

सत्तारुढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो। एमालेले यस पटक महिला सांसदलाई सभामुखमा अघि सारेको हो।

प्रकाशित: Jan 15, 2023| 13:33 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।