बुधबार, पुस २, २०८२

इपिएलमा लिभरपुल पराजित, म्याचेस्टर सिटीलाई युनाइटेडले हरायो

इंग्लिस प्रिमियर लिग(इपिएल)मा ब्राइटोनले निभरपुललाई हराएको छ। ब्राइटोनको मैदानमा सम्पन्न खेलमा लिभरपुललाई घरेलु टिमले ३–० ले हराएको हो।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं– इंग्लिस प्रिमियर लिग(इपिएल)मा ब्राइटोनले निभरपुललाई हराएको छ। ब्राइटोनको मैदानमा सम्पन्न खेलमा लिभरपुललाई घरेलु टिमले ३–० ले हराएको हो।

National life

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको ४६औं मिनेट र ५३ औं मिनेटमा सोल्ली मार्चले दोहोरो गोल गरेका थिए। त्यस्तै, खेलको ८१औं मिनेटमा डेन्नी वेलबेकले गोल गरे। यससँगै लिभरपुल पराजित भयो।

त्यस्तै, सुरुआति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी सहरी प्रतिद्वन्दीसँगै पराजित भएको छ। खेलको ६० औं मिनेटमा ज्याक ग्रिलिसले गोल गरेर अग्रता बनाएका थिए। तर पेप ग्वार्डिओलाको टिम सिटीविरुद्ध इरिक टेन ह्यागको टिमका ब्रुना फर्नान्डेसले ७८ औं मिनेटमा अग्रता तोड्दै बराबरी गोल गरे। खेलको ८२औं मिनेटमा मार्कस रासफर्डले गोल गरेपछि भने युनाइडेले २–१ को अग्रता बनाएको थियो। सोहि अग्रताका साथ उसले जित निकालेको हो।

युनाइटेडको पहिलो गोलमा रासफर्ड अफसाइड देखिएका थिए। यद्यपी गोलले मान्यता पाएको थियो। जितपछि मिडिया साक्षात्का कार्यक्रममा  प्रशिक्षक टेन ह्यागले भने, ‘जुन तरिकाले पहिलो गोल भयो। त्यस्तो गोल हामीलाई भएको भए हामी दुखी हुने थियौँ। तर उतिबेला मैले उनीहरुको ब्याकलाईन कन्फ्युज भएको देखिरहेको थिएँ।’

‘मार्कस रासफर्ड अफसाइड थिए। ब्रुनो थिएनन्। त्यसैले रासफर्डले हाम्रो गोलकिपर र सेन्डर डिफेन्डरको ध्यान भंग गरिदिएका थिए। भएको त्यो नै हो। हामीलाई थाहा छ कि कहाँ खेल्नुपर्ने हो। र, यस्तो रंगशालामा रेफ्रीहरुलाई पनि गाह्रो नै हुन्छ,’ खेलपछि सिटीका प्रशिक्षक पेपले भनेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 15, 2023| 08:18 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।