मड्रिड (एजेन्सी)-अमेरिकामा आयोजना हुने भनिएको स्पेनिस लिग ला लिगाका केहि खेल मध्यमा रियल मड्रिडले खेल्नु पर्ने आफ्नो खेल पुर्ण रुपमा अस्विकार गरे पनि कनै फरक नपर्ने ला लिगाले बताएको छ ।
ला लिगाका अनुसार रियलले युएसएमा खेल खेल्न अस्विकार गरे एक खेल पनि खेल्नु नपर्ने बताएका हो । युएसए मिडिया कम्पनीले ला लिगासँग १५ बर्षको सम्झौता गरेको थियो ।
जहाँ संयुक्त राज्य अमेरिकामा ला लिगा एक खेल खेलाउन तयार भएको थियो । स्पेनिस एफए र स्पेनिस फुटबल संघले पहिला दुबै ओजनाको आलोचना गरेको थियो । कुनै पनि क्लबलाई युएसएमा खेल्न अनिवार्य छैन र यो कुनै समस्या पनि हैन, ला लिगाका चियरम्यान जाभियर टेबेसले बताए ।
यसै महिनाको सुरुवातमा बार्सिलोना र गिरोनाबीचको खेल स्पेनिस फुटबल फेडरेशन (आरएफइएफ) ले मियामीमा एक खेल खेल्न अनुमति दिएको र खेल खेल्ने पक्का भएको जानकारी दिएको थियो । तर, आरएफइएफले बढि जानकारी नआउनजेलसम्म अनुमती दिन नसकने बताएको थियो ।
रियल मड्रिडका अदक्ष्य फ्लोरेन्टिनो पेरेजले भने, ‘पछिल्ले हप्ताको योजना क्लब र प्रशंसको हितमा नभएको बताएको छ ।’ उनले थपे, ‘हामी संयुक्त राज्य अमेरिकामा जाँदैनौ ।’
युएसएमा ला लिगा खेलका फिफा अदक्ष्य गियानी इन्फेन्टिनोको आलोचना गर्दै टेबेसले भने, ‘यदि रियलि मड्रिड आउन मानिरहेको छैन भने उसलाई आउन दिनु हुदैन । यो कुनै समस्य हैन् । तपाई कसरि सोच्न सक्नु हुन्छ की ला लिगा युएसएमा क्लब खेल्ने छन् ? यो स्वेच्छा हो ।’ उनले थपे, ‘केहि क्लब मध्य बार्सिलोना युएसए जान तयार छ । त्यस्तैले मलाई यो एक समस्यको रुपमा देखिएको छैन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४