शुक्रबार, साउन १, २०८३

बलात्कारीले ढुंगाले हानेर हत्या गरे ९ वर्षकी बालिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कास्की-पोखरामा मृत अवस्थामा फेला परेकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा भएको छ । बलात्कारीले बालिकालाई ढुंगा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । 

मंगलबार साँझ घरबाट हराएकी पोखरा महानगरपालीका–२२ पुम्दीभुम्दीकी श्रीया सुनार बुधबार बिहान मृत अवस्थामा फेला परेकी थिइन । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक रबिन्द्रमान गुरुङका अनुसार बालिकाको टाउकोमा ठूलो चोट लागेको थियो । ‘हाम्रो प्रारम्भिक अनुसन्धान अनुसार बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ,’ गुरुङले भने, ‘बलात्कारीले ढुंगा प्रहार गरी बालिकाको हत्या गरेको पाइएको छ ।’

कास्की प्रहरीले बालिकाको हत्याको आरोपमा स्थानीय २७ बर्षीय कुसुम पौड्याल पक्राउ परेका छन । पौड्यालले बालिकालाई बलत्कार पछि हत्या गरेको दाबि प्रहरीले गरेको छ ।

लागुऔषधको  लतमा फसेका पौड्यालले आरोप स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । मृतक बालिकाको पश्चिमा अञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरिएको र पोष्टमार्टमको रिपोर्ट अनुसार घटनाको थप अनुसन्धान गरिने कास्की प्रहरीले जनाएको छ।  

सर्वसाधारणले प्रहरी कार्यालय घेरे

यसैबीच बालिकालाई बलात्कारपछि हत्या गर्नेलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाहीको माग गर्दै पोखरामा स्थानीयबासीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । 

ठूलो संख्यामा उपस्थित स्थानीयबासीले देशमा बलात्कारपछि हत्या गर्ने क्रम बढेपनि दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासन उदाशिन भएको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।