आइतबार, चैत १५, २०८२

फाइनल प्रवेशका लागि बंगलादेश र पाकिस्तान भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा आज (बुधबार) बंगलादेश र पाकिस्तान भिड्ने भएका छन् । बंगलादेश र पाकिस्तान यस प्रतियोगिताको फाइनल प्रवपेशका लागि भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा युएईको आबुधावीमा शुरु हुने छ ।

यो खेल फाइनल प्रवेशका लागि दुबै टिमलाई जित्नै पर्ने दवाव रहेको छ । विजेता टोली प्रतियोगिताको फाइनमा प्रवृेश गर्ने छ भने पराजित हुने टोलीको एसिया कपको सुपर फोरमै यात्रा सकिने छ । 

सुपर फोरमा ३ खेलमा २ मा जित र १ मा बराबरीका साथ ५ अंक जोड्दै भारत शिर्ष स्थानमा रहदैँ फाइनलमा पुगि सकेको छ ।

त्यस्तै दुई खेल खेलेको पाकिस्तान एकमा जित र १ खेलमा हार निकाल्दै दुई आंकका साथ नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ भने समान खेल खेलेको बंगलादेश समान अंकका साथ तेस्रो स्थानमा छ । अफगानिस्तान भने प्रतियोगिताको पुछारमा रहदैँ सुपर फोरबाटै बाहिरि सकेको छ ।

सुपर फोरमा पाकिस्तान भारतसँग ९ विकेटले पराजित हुदाँ अफगानिस्तानलाई ३ विकेटले हराउँदै फाइनल यात्रा जिवितै राखेको थियो । त्यस्तै बंगलादेश भारतसँग ७ विकेटले पराजित हुदाँ अफगानिस्तानलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै फाइनल यात्राको आसा जिवितै राखेको थियो ।

समुह चारणमा हङकङलाई ८ विकेटले पराजित गर्दा भारतसँग ८ विकेटले पराजित हुदैँ पाकिस्तान समुह ए को उप विजेता बनेर सुपर फोरमा स्थान बनाएको थियो ।

यता अफगानिस्तानसँग १३६ रनको फराकिलो अन्तरले पराजित हुदाँ श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले विजयी हुदैँ समुह बी बाट उप जितेता बनेर बंगलादेशले सुपर फोरमा स्थान बनाएको हो । फाइनल खेल असोज १२ गते हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।