शुक्रबार, साउन १, २०८३

डाक्टरले नै दिए बलात्कारमा गलत रिपोर्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- बलात्कारको घटनामा पीडकका पक्षमा गलत रिपोर्ट तयार गर्ने जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय धनुषाले पीडकलाई उन्मुक्ति दिने हिसाबले गलत रिपोर्ट तयार गरिएको बताउँदै कारवाहीको सिफारिससहित मुद्दा दायर गरेको हो।

१२ वर्षीया बालिका बलात्कारको घटनामा अञ्चल अस्पतालका दुई चिकित्सकले स्वास्थ्य परीक्षणको गलत प्रतिवेदन तयार गरेको बताउँदै सरकारी वकिल कार्यालयले नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयलाई कारवाहीका लागि सिफारिस गरेको हो।

धनुषाको जनकनन्दनी गाउँपालिकामा आफ्नी काकीसँग बस्दै आएकी १२ वर्षीया बालिकाको ८ भदौमा घरमा सुतिरहेका बेला छिमेकी २३ वर्षीय किरण खत्वेले बलात्कार गरेको पीडित परिवारको आरोप छ। पीडितको आरोपका आधारमा इलाका प्रहरी खजुरीले ९ भदौमा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याएको थियो। तर, डा. विजयकुमार सिंह र रम्भा गोइतले दिएको प्रतिवेदनमा बालिकालाई बलात्कार नभएको भनिएको छ। प्रतिवेदनमा ‘भेजिना नर्मल’ र ‘हमेन नर्मल’ रहेको उल्लेख छ।

अस्पतालको रिपोर्टमा चित्त नबुझेपछि खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले २५ भदौमा जिल्ला अस्पताल सिरहामा पुनः बालिकाको स्वास्थ्य परीक्षण गराए। सिरहा अस्पतालका डा. राकेशकुमार सिंहले दिएको स्वास्थ्य परीक्षण रिपोर्टमा बालिकाको गाला र ओठमा ‘बाइट मार्क’, ‘भेजिना कनगेसन’ र ‘हमेन रुप्टुरेड’ उल्लेख गरिएको छ। चिकित्सकहरूका अनुसार यसको अर्थ हुन्छ, बालिका बलात्कृत भएकी छन्।

बलात्कारको घटनापछि फरार रहेका खत्वे ९ भदौमा पक्राउ परे। पक्राउपछि उनले प्रहरीसँग आफूले बालिकालाई बलात्कार गरेको स्वीकारेका छन्। खत्वेको सोही बयानका आधारमा प्रहरीले बालिका बलात्कृत भएको सिरहा अस्पताल र बलात्कृत नभएको जनकपुर अञ्चल अस्पतालको रिपोर्ट पेश गर्दै इलाका प्रहरी कार्यालयले ४ असोजमा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गर्यो।

खत्वेले सरकारी वकिल र जिल्ला अदालत धनुषामा समेत आफूले बलात्कार गरेको स्वीकारेका छन्। प्रहरीसमक्ष स्वीकारी बयान दिएको भिडियो क्लिप र अदालतमा समेत बलात्कार गरेको स्वीकार गरेपछि खत्वेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

बलात्कार गरेको पीडक आफैंले स्वीकार गर्नु र सिरहा अस्पतालको रिपोर्टले समेत बलात्कार भएको पुष्टि गरेपछि जनकपुर अञ्चल अस्पातलले दिएको रिपोर्ट शंकाको घेरमा परेको छ। बालिकाको स्वास्थ्य परीक्षण गरेका चिकित्सकहरू सिंह र गोइतले भने आफूहरूले दिएको प्रतिवेदनमा कुनै गल्ती नरहेको दाबी गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।