मंगलबार, पुस १, २०८२

सुनिल र आरिशको जोडीलाई स्वर्ण

उक्त जोडीले शुक्रबार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

काठमाडौं- चौथो मेयरकप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका छन्।

National life

उक्त जोडीले शुक्रबार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए।

यो नतिजासँगै १३ वटा स्वर्ण पदक रहेको प्रतिस्पर्धामा वडा नम्वर १६ ले १ स्वर्ण, एक रजत र ४ काश्य जित्दै टिम च्याम्पियन बन्ने बाटोमा अगाडि रहेको छ। वडा १९, १२ र ३ ले एक, एक स्वर्ण जितेका छन्।

ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हःखाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताअन्तर्गत भएको ६० वर्ष माथी उमेर समूहमा वडा नम्वर १९ का भेट्रान खेलाडी जगदिश्वरप्रसाद जोशीले वडा १६ का आनन्द धाख्वालाई ३–१ को सेटमा पराजित गरी स्वर्ण पदक जिते।

सो इभेन्ट्समा वडा नम्वर ११ का सानुभक्त श्रेष्ठ र वडा ११ कै शरदमान श्रेष्ठले काश्य पदक प्राप्त गरेका थिए।

Laxmi sunrise bank
kumari

फ्लडलाइटको प्रकाशमा राती सञ्चालन हुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमा हुँदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ।

१३ वटा इभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडीदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

प्रकाशित: Jan 14, 2023| 08:50 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।