शुक्रबार, साउन १, २०८३

एटलेटिको म्याड्रिड लिगको तेस्रो स्थानमा उक्लियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेन (एजेनसी)-ला लिग अन्तर्गत मंगलबार राती भएको खेलमा एटलेटिको म्याड्रिडले हुएस्कालाई पराजित गरेको छ । आफ्नो घरेलु मैदानमा भएको खेलमा मड्रिडले हुएस्कलाई ३-० ले पराजित गरेको हो । मड्रिडले तीनवटै गोल खेलको पहिलो हाफमा गरेका थियो ।

लिगमा केहि कमजोर सुरुआत गरेको एटलेटिकोले मंगलबार भने उत्कृष्ट सुरुआत गर्यो । एटलेटिकोका लागि एन्टोइन ग्रिज्मनले १६ औं मिनेटमा सहजै गोल गर्दै खाता खोलेका थिए । 

त्यसको १५ मिनेटमा थोमस पार्टेले लामो दुरीबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अग्रता दोब्बर भयो । ३५ औं मिनेटमा हुएस्काका गोलरक्षक एक्सल वेर्नर र एटलेटिको फरवार्ड एन्जल कोर्रिया दुवैले कोकेको पास लिन अगाडी बढ्दा चुकेपछि उक्त पास नै गोलमा परिणत भएको थियो ।

यसै साता हुने डर्बीका लागि प्रशिक्षक डिएगो सिमिओनीले साउल निगुएज, रोड्रीगो र जानफ्रानलाई विश्राम दिएपनि त्यसले असर भने परेन । पूर्ण दबाब बनाएको पहिलो हाफमा डिफेन्डर जोसे जिमिनेज चोट लाग्दै मैदान छाड्नु भने दुखद रहयो ।

यस जितसँगै एटलेटिको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष दुई स्थानमा महारथी रियल म्याड्रिड र बार्सिलोना नै कायम छन् । दुवै टोलीले अहिलेसम्म कुनै खेलमा पराजय भोगेका छैनन् । हारसँगै हुएस्का भने जितविहिन रहँदै १८ औं स्थानमा झरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।