बुधबार, पुस १६, २०८२

धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ।

National life

शुक्रबार बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए। 'के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन्,' उनले भने।

छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा अहिले आगो निभाउने प्रयास भइरहेको खड्काले जानकारी दिए। बाँकी सहयोगका लागि तेह्रथुम जिल्लाको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरू आइरहेको उनले जानकारी दिए।

थप सहयोगका लागि जिल्लाबाट सुरक्षा बल गइसकेकाले पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको कन्ट्रोल रुमले जानकारी दिएको छ।

प्रकाशित: Jan 13, 2023| 21:26 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।