शुक्रबार, साउन १, २०८३

निकुञ्जको भारवहन क्षमताबारे अध्ययन गरिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रत्ननगर- चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्यामा कमी देखिएपछि बाघ र गैंडाको संख्या वहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको क्षमता कति छ भनेर अध्ययन गर्न लागिएको जानकारी दिए। 

उनका अनुसार विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलको संयोजकत्वमा टोली बनाइएको छ, जसमा विदेशी विशेषज्ञको समेत सहभागिता रहनेछ। हालैको प्रतिवेदनअनुसार यहाँ पाँच वर्षमा २७ वटा बाघ घटेको देखिएपछि निकुञ्जमा पहिलोपटक अध्ययन गर्न लागिएको हो। निकुञ्जमा कुन वन्यजन्तुको कति वहन क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन। चितवन निकुञ्ज करिब नौ सय ५३ वर्गकिलोमिटरमा फैलिएको छ। यहाँको मध्यवर्ती क्षेत्र भने करिब सात सय २९ वर्गकिमिमा फैलिएको छ। 

सन् २०१३ को अनुगमनमा चितवन निकुञ्जमा एक सय २० बाघ थियो। यसपटक ९३ वटा मात्रै बाघ पाइएको छ। सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको विभागको भनाइ छ। 

पछिल्लो गणनामा चितवन निकुञ्जमा ६ सय पाँच गैंडा रहेको तथ्यांक छ। निकुञ्जमा हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो। 

नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैंडाको सबैभन्दा ठूलो वासस्थान हो।गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैंडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई समेत दुई जोडी उपहार दिइएको छ। 

अध्ययनका क्रममा बाघ र गैंडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण, भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।