सोमबार, चैत २, २०८२

मलेसियामा ४७ नेपाली कामदार पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- मलेसियामा अवैधानिक रूपमा काम गर्दै आएका ४७ नेपाली कामदार पक्राउ परेका छन् । 

मलेसियास्थित नेपाली दुतावासका अनुसार अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानअन्तर्गत एकै कम्पनीबाट ४७ जना नेपाली कामदार प्रक्राउ परेका हुन् । साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा प्रहरीले नेपालीसहित ३३८ जना पक्राउ गरेको त्यहाको सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

मलेसियाले अवैधानिक कामदारका लागि पटक पटक आममाफीको कार्यक्रम सञ्चालन गर्दै आएको छ तर अभियानमा सहभागी नभई अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि मलेसियाले पक्राउ गर्ने अभियान चलाएको हो ।

मलेसिया सरकारले गएको जुनदेखि अगष्टसम्म (असार १७ गतेदेखि भदौ १७ गतेसम्म) मलेसियामा अबैधानिक भएर वसेका आप्रवासी श्रमिकलाई आ–आफ्नो देश फर्कन आब्हान गरेको थियो ।

त्यहाँको सरकारको आग्रहलाई बेवास्ता गरेर वस्ने विदेशी श्रमिकलाई सेप्टेम्बरको दोस्रो सातादेखि नै धरपकड गर्न थालेको र त्यसमा कतिपय ठाउँमा नेपाली पनि पर्ने गरेको दूतावासले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।