मंगलबार, मंसिर १९, २०८०

राष्ट्रिय सभा उपनिर्वाचन, आठ दलको निवेदन दर्ता

आयोगले उपनिर्वाचनका लागि २५ देखि २८ पुससम्मको समय निर्धारण गरेको थियो।
 |  शुक्रबार, पुस २९, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं– आगामी ८ माघका लागि तोकिएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन आठ राजनीतिक दलले निवेदन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। आयोगले उपनिर्वाचनका लागि २५ देखि २८ पुससम्मको समय निर्धारण गरेको थियो। 

sagarmatha cement

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आठ वटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका हुन्। लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचन आगामी २५ माघमा हुँदै छ। 

आयोगका अनुसार बिहीबार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएका हुन्।

यसअघि नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दर्ता गराएका थिए। आयोगले उपनिर्वाचनका लागि ११ माघमा उम्मेदवारी दर्ता हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। 

रिक्त सदस्य पदको उपनिर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यलाई मताधिकार हुन्छ। लुम्बिनी प्रदेशको स्थानीय तह र प्रदेशसभामा प्रतिनिधित्व रहे पनि लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले भने उपनिर्वाचनमा भाग लिन निवेदन दर्ता गराएनन्।

प्रकाशित: Jan 13, 2023| 11:01 शुक्रबार, पुस २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...