शुक्रबार, साउन १, २०८३

न्यूयोर्कमा के गर्दैछन् प्रधानमन्‍त्री ओली ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन भन्दै १२ विदेश भ्रमणका लागि अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री केपीशर्मा ओली विभिन्न अनौपचारि र औपचारिक भेटवार्तामा व्यस्त बनेका छन् । क्यानडाका प्रधानमन्त्रीसंग औपचारिक र अमेरिकाका राष्ट्रपति अनौपचारिक भेटवार्ता गरेका ओली बुधबार पनि विभिन्न देशका सरकार प्रमुखहरुसंग भेटवार्ता गर्दैछन् । 

मंगलबार प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन पुगेका विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा मङ्गलबार राष्ट्र सङ्घको मुख्यालयमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले स्वागत समारोहको आयोजना गरेका थिए । 

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायतका वरिष्ठ अधिकारीको समेत सहभागि भएका थिए । 

मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनको छलफल आरम्भ भएको छ । प्रधानमन्त्री ओलीले यही असोज ११ गते अर्थात बिहीबार अपराह्न महासभालाई सम्बोधन गर्दैछन् । अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्रसङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । 

प्रधानमन्त्री ओली आफ्नो सम्बोधन पछि असोज १३ गते न्यूयोर्कबाट कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सानहोजेतर्फ प्रस्थान गर्नेछन् । कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली यही असोज १८ गते स्वदेश फर्किनेछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।