सोमबार, जेठ ४, २०८३

मेयर बालेन्द्र साहले मागे पिएसओ

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन्।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन्। आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेका हुन्।

National life

मौखिक रूपमा मागे पनि उनले लिखित निवेदन भने दिएका छैनन्। जिल्ला सुरक्षा समिति तथा केन्द्रीय सुरक्षा समितिले सुरक्षा जोखिम रहेको निष्कर्षका आधारमा पिएसओ खटाउने गरेको छ। 

खासगरी सुकुमबासी बस्तीमा बल प्रयोग गरी हटाउने प्रयास गरेपछि आफूमाथि जोखिम बढेको उनको भनाइ छ। अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि धम्की बढेका छन्। 

मेयर साहमाथि साँच्चिकै जोखिम बढेकाले उनले पिएसओ पाउने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन्।

प्रकाशित: Jan 13, 2023| 08:14 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...