शुक्रबार, साउन १, २०८३

आफन्तबाटै बलात्कृत हुन्छन् छोरीचेली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- १४ चैत ०७४ मा सुर्खेतको पञ्चपुरीमा किशोरी गौरीकला रोकायाको बलात्कारपछि हत्या भयो । उनी माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन डेरामा बसेकी थिइन् । हत्यामा संलग्न रहेको अभियोगमा ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी-८ बाँझीगाउँका लक्ष्मी बाँस्तोला र खुमप्रसाद बाँस्तोला पूर्पक्षका लागि थुनामा छन् ।

२८ असार ०७५ मा सुर्खेतकै गुर्भाकोटमा ११ वर्षीया बालिका बलात्कृत भइन् । सोही ठाउँका काका नाता पर्ने लोकबहादुर कामीले उनको बलात्कार गरे । बलात्कारका आरोपी अहिले प्रहरीको छानविनको दायरामै छन् ।

यस्तै, १९ साउन ०७५ मा गुर्भाकोटसँग सिमाना जोडिएको भेरीगंगा नगरपालिकाका एक युवाले आफ्नै छोरीलाई कोठा सफा गर्ने बहानामा बोलाएर जबरजस्ती करणी गरे । आमा उपचार गर्न कोहलपुर गएको समयमा आमाको रिसले छोरीमाथि बलात्कार गरेको उनले बयान दिएका छन् ।

नेपाली समाज बलात्कारजस्तो जघन्य अपराधमा आफ्नै बाबु, प्रहरी र आफन्त नै संलग्न भएका यी केही प्रतिनिधि घटना मात्र हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बलात्कारका अभियुक्तहरू अभिभावक र बढी विश्वास गरेकै व्यक्तिहरू हुने गरेका हुन् ।

बलात्कारमा आफन्तहरू नै संलग्न हुँदा अधिकांश घटना प्रहरीसम्म आइनपुग्ने गरेको प्रदेश प्रहरीका निरीक्षक रामकाजी थापा बताउँछन् । त्यस्ता धेरै घटना मिलापत्रमा टुंगिने प्रहरीको भनाइ छ ।
 

'बलात्कारका अधिकांश घटनामा किशोरीहरू नै बढी पीडित देखिएका छन् ।'


शहरमै बढी बलात्कार

प्रदेश प्रहरीको तथ्यांक विश्लेषण गर्दा जबर्जस्ती करणीका घटना शहरी क्षेत्रमै बढी देखिन्छन् । जसअनुसार प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो दुई महिना पाँच महिला बलात्कृत भइसकेका छन् ।

शहरीया खानपान र आफन्तबाट टाढा हुँदा शहरमा बढी बलात्कारका घटना हुने गरेको प्रहरीको भनाइ छ । 'आफन्तबाट टाढा हुँदा यौन स्वतन्त्रता भएको महशुल गर्छन्,' प्रहरी निरीक्षक थापा भन्छन्, 'यही स्वतन्त्रताले गर्दा शहरमै बलात्कारका घटना बढी हुने गरेका छन् ।'

थापाका अनुसार पछिल्लो दुई महिनामा जाजरकोट र डोल्पामा १/१ महिला बलातकृत भएका छन् । यो आर्थिक वर्षमा सुर्खेतमा पाँच बलात्कारका घटना भएका छन् ।

एक वर्षमा ६१ जना बलात्कारमा

कर्णाली प्रदेशमा गत आर्थिक वर्ष ०७४/७५ मा ६१ जना महिला बलात्कृत भएका थिए । त्यसमा पनि कर्णाली प्रदेशको सबैभन्दा सुगम जिल्ला सुर्खेतमा बढी घटना भएका छन् ।

६१ मध्ये २३ महिला सुर्खेतका थिए । सल्यानमा ११, दैलेख ८ र रुकुम पश्चिममा नौ महिला बलात्कारमा परेका थिए । यस्तै, जाजरकोट ४, कालिकोट २, जुम्ला २ र मुगुमा २ महिला बलात्कृत भएका थिए । बलात्कारमा संलग्न ६१ जनालाई नै पक्राउ गरी कानूनी दायरामा ल्याइएको प्रहरीले बताएको छ ।

किशोरी नै बढी पीडित

जिल्ला प्रहरी सुर्खेतका अनुसार बलात्कार घटनामा अधिकांश किशोरी नै पीडित हुने गरेका छन् । 'बलात्कारका अधिकांश घटनामा किशोरीहरू नै बढी पीडित देखिएका छन्,' एसपी वसन्त रजौरेले भन्छन्, 'आर्थिक अभाव र प्रलोभनमा फस्दा किशोरीहरू बलात्कृत भए ।'

पछिल्लो पुस्तामा देखासिकी र उच्च मनोकांक्षा बढेको तथा आधुनिक पहिरन र सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटनामा किशोरी नै बढी पीडित भएको उनको भनाइ छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।