मंगलबार, पुस १, २०८२

भलिबल च्याम्पियसिपमा हेल्प नेपाल समूह विजेता

टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ।

National life

समूह डी मा रहेको हेल्प नेपाल खेलको समूह चरणको एक खेल अघि नै क्वाटरफाईनलमा प्रवेश गरि सकेको थियो। तर अन्तिम खेलमा पनि जित निकालेपछि चाहिँ समूह चरणको तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ क्वार्टरफाइनल प्रवेश गरेको हो। आजै भएका खेलमा हेल्प नेपालले मधेस प्रदेशलाई २५–१८, २५–२२ र २५–८ ले पराजित गरेको थियो।

यस्तै सोहि समूहबाट समूह उपविजेताको रुपमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्र क्वाटरफाईनल प्रवेश गरेको छ। तीन खेलमा २ जित र एक हार ब्यहोरेको केशवलाल स्मृतीको ६ अंक रहेको छ।

आज भएको खेलमा केशवलाल स्मृतीले बुढानिलकण्ठ भलिबल क्लबलाई २७–२५, २५–१८ र २५–१६ ले पराजित गरेको हो।

समूह सी तर्फ गण्डकी प्रदेश समूह उपविजेता बन्दै क्वाटरफाईनल प्रवेश गरेको छ। गण्डकीले तीन खेलमा दुई खेल जित्दै ६ अंकका साथ क्वाटरफाईनल यात्र तय गरेको हो। गण्डकीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१२, २५–९ र २५–१० ले पराजित गर्न सफल भएको हो। यस समूहमा तीनै खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब टिम बिजेता बनिसकेको छ।

Laxmi sunrise bank
kumari

यस्तै महिला तर्फको समूह ए को खेलमा समूह विजेता र उपविजेताको छिनोफानोका लागि भएको प्रतिस्पर्धामा पुलिसले विजेताको उपाधी हात पा¥यो। आज सम्पन्न खेलमा साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो । पुलिसले न्यू डायमण्डलाई २५–२२, २२–२५, २५–१४, २३–२५ र १५–१० को संघर्षपूर्ण जित निकालेको हो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला समूह बी को खेलमा एपिएफले वियय प्राप्त गरेको छ। एपिएफको यो लगातार दोश्रो जित हो। पहिलो खेलमा गण्डकी प्रदेशलाई जितेको एपिएफले आज कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–४, २५–६ र २५–३ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाउन सफल भएको हो।

अव समूह विजेता र उपविजेताको टुङ्गो भोली आयोजना हुने सेना र एपिएफको प्रतिस्पर्धाबाट लाग्ने छ।


प्रकाशित: Jan 12, 2023| 19:15 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।